उम्लिएको दुधले मुसहर समुदायले मनाउछन अचम्मको पर्व

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २४, शनिबार ०९:२६ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

महेश कु. राय, जनकपुर : तराई मधेसको क्षेत्रमा मुसहर समुदायहरुमा उम्लिरहेको दुधले नुहाउने परम्परै छ। दिनाभद्री मुसहर समुदायको कुलदेवताको रुपमा रहेको छ ।

चिसो बढी हुँदा,जो कोहि तातो पानीले नुहाएको सुनेकै होला तर उम्लिरहेको दुधबाटै स्नान गरेको सुन्दा तपाईलाई अचम्म लाग्न सक्ला आर्थिक,शैक्षिक तथा सामाजिक रुपमा निकै पछाडि रहेको मुसहर समुदायले उम्लिरहेको दुधले नुहाएर आफ्ना कुलदेवता “भुइँया महराज” अथवा “दिनाभद्री” महराजको पुजा गरेको छ।

भुइँया ( जमिन ) संग आफुहरुको बिशेष सम्बन्ध रहेको भन्दै तराई मधेसको मुसहर समुदायहरुले माघ महिनामा भुइँया महाराजको पुजा गर्ने गरेको छ। भुइँया महाराज भन्दै उनीहरुले दिनाभद्रीलाई सम्झिने गरेका छन।

दिनाभद्री मिथिला मधेसको इतिहासमा वीर पुरुषका रुपमा स्थापित्त व्यक्ति हुन। दिनाभद्री मुसहरहरुको घरमा जन्मिएर पनि समाजमा रहेका विभिन्न विकृती तथा विसंगतीविरुद्ध लडेको सबैला नगरपालिका वार्ड नं. ९ भठिहन टोलमा बस्ने स्थानीय उत्तिमलाल सदाले जानकारी गराए।

यसपालिको दिनाभद्री नाथ अथवा भुइँया महाराजको पुजा उत्तिमलाल सदाले गरेको छ, भने यसभन्दा अघि राम सकल सदाले गरेको थियो।

प्रत्येक सालको माघ महिनामा भुइँया महाराजको पुजा गर्ने चलन भएको हुनाले ती समुदायहरु मानता भएको व्यक्तिले पुजा गर्ने गर्दछन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार