शहिदनगरमा कविर सत्यसंग भवनको शिलान्यास

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २, बिहीबार ११:०४ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा कविर सत्यसंग भवन निर्माण हुने भएको छ । धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको सांसदीय कोषबाट सत्यसंग भवन निर्माण हुने भएको हो ।

बुधबार साँसद अरगरियाले एक कार्यक्रमबीच शहिदनगर नगरपालिका १ बघबन टोलमा कविर सत्यसंग भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।

बघबनमा कविर सत्यसंग भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै सत्यसंग भवन निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।

कविर सत्यसंग भवन बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय राम प्रकाश मंडलले सत्यसंग भवन बनेपछि आफूहरुलाई सजिलो हुने बताए ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष तेजिलाल यादव , जसपा नेता बिरेन्द्र यादव ,विनोद रोहिता,समाजवादी युवा संघ जिल्ला सचिव बिजय कुमार यादव , साहेव हरि दास वैरागी ,नेति यादव ,उतिम लाल गोसाइ , युवा संघ नगर उपाध्यक्ष निशान्त यादव लगायत स्थानीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार