पर्यटन प्रबर्द्धनका लागि विश्व साइकल यात्रा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २८, शुक्रबार ०९:३६ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

सुरेश कुमार पांडेय, कपिलबस्तु । नेपालको पर्यटन प्रबद्र्धनका लागी पर्यटन व्यवसायीहरुको आयोजनामा विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा शुरु भएको छ । कोभिड–१९का कारण थला परेको पर्यटन क्षेत्रलाई यो साइकल यात्राले उत्थानमा सहयोग पुग्ने उद्देश्यले साइकल यात्रा शुरु गरिएको हो ।

साइकल यात्रामा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह सहित १२ जना बढीको टोली रहेको छ । सोे टोली पश्चिम महेन्द्रनगरबाट धनगढी, चिसापानी, विरेन्द्रनगर, नेपालगन्ज, अमेलिया, तुल्सीपुर, घोराही, स्वर्गद्वारी, भालुबाङ, हुदै १० औं दिन प्राचिन कपिलबस्तु तिलौराकोट दरवार आईपुगेको छ ।

  कपिलबस्तुको प्राचिन तिलौराकोट दरवारमा आएको टोलीलाई कपिलबस्तु साईकिलिङ्ग संघका अध्यक्ष नासीर गौरीले स्वागत गर्दै राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्रको उत्खनन् गरिएका पुर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गराएका हुन ।

तिलौराकोट दरवार क्षेत्र अवलोकन पछि  विश्व साइकल यात्री शाहले भगवान गौतम २९ वर्र्ष बिताएको ठाउ कपिलबस्तुलाई बिश्वका लागी पवित्र स्थल र नेपालीका लागी गर्वको स्थल हो भन्दै  तिलौराकोट ऐतिहासिक तथा पर्यटकीय भूमि रहेकोले यसको विकास गर्नुपर्नेमा जोडदिदै तिलौराकोटलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्न नेपाल सरकार संग आग्रह समेत गर्नु भएको छ ।

 कात्तिक १७ गते सुदूरपश्चिमको महेन्द्रनगरबाट सुरु भएको साइकल यात्रा २२ औं दिनमा पूर्व मेचीको काकडभिट्टा पुगेर समापन हुनेछ ।  यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिएको छ ।

   महाकालीदेखि मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेकाले यस यात्रामा १२ जना बढी मात्रै सहभागी भए पनि बिभिन्न स्थानमा पुग्दा स्थानीय साइकल यात्रीहरुको पनि सहभागीता रहेको र  कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएकालाई मात्र यात्रामा सहभागी गराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार