
काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहक तथा कर्मचारीले कतार एयरवेजको टिकट किन्दा छुट पाउने भएका छन् । यस विषयमा बिहीबार बैंक र कतार एयरवेजबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रबन्ध प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका कर्मचारी एवं डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने उल्लेख गरिएको छ ।