सिरहामा राज्यमन्त्री गोल्डकप सुरु : मन्त्री मण्डलले गरे उद्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १३, शनिबार १४:४३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा  । प्रदेश नम्बर २  सिरहाको कल्याणपुर कोर्नियाहीमा राज्यमन्त्री गोल्डकप खेल सुरु भएका   छन ।

श्री कुशेश्वरनाथ युवा कल्ब कोरुनाही द्वारा आयोजित राज्यमन्त्री गोल्डकप प्रदेश स्तरीय फुटबल रनिङ्ग गोल्डमा प्रमुख अतिथि प्रदेश न.२ का उद्योग,पर्यटन बन तथा बाताबरण राज्यमन्त्री सुरेश कुमार मण्डलले रिवन काटेर र फुटबललाई खुट्टाले हानेर खेलको उद्घाटन गरेको थियो ।

उक्त कार्यक्रममा कल्याणपुर नगरपालिका-१० का वडा अध्यक्ष धनबिर मण्डलको अध्यक्षतामा र नगरपालिका-३ का वडा अध्यक्ष अशोक मण्डल ,जसपा नेपाल सिरहाका नेता स्वामी बाबा ,जसपा कल्याणपुर नगर सचिब श्रवण साह लगायतका स्थानीय नेताहरु हजारौंको संख्या दर्शकहरुको सहभागी थियो।

राज्यमन्त्री गोल्डकपमा धनुषाको कठाल र सिरहाको बगहा बीचको खेलमा सिरहाको बगहा टिम विजय हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार